सत्य स्वरुपको ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक

प्रा. डा. आचार्य र मिस पविको अभिनय

काठमाडौं-  प्रा. डा. सुवासप्रसाद आचार्य र मिस पवीको अभिनय रहेको तथा गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको स्वरमा  ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रवीन्द्र पौड्यालको शब्द संगीत रहेको गीतमा पौड्याल आफैले पनि अभिनय गर्नु भएको छ ।

म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय रहेको छ । उहाँले टिकटकबाट अभिनय क्षेत्रमा प्रवेस गर्नुभएकी मिस पवी अर्थात् पवित्रा साकीको जोडीको रुपमा अभिनय गर्नुभएको छ ।

गीतको संगीत सञ्योजन गोपाल रसाइलीले गर्नु भएको छ भने म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गर्नु भएको छ ।  म्युजिक भिडियोको छायाङ्कनमा दिनेश पराजुली र दृश्य सम्पादन विकास दाहाल रहनु भएको छ।

प्रा. डा. आचार्यको यो सातौं म्युजिक भिडियो हो । चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने प्रा. डा. आचार्यले यसअघि ‘तिमी र म’ गितको म्युजिक भिडियोमा समेत अभिनय गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.