ओझेलमा पहेँली बराह ताल (फोटो फिचर)

म्याग्दी- वरिपरी सेताम्मे हिउँले ढाकेका अग्ला पहाड, त्यही पहाडको फेदीमा समथर भागमा एउटा सुन्दर पहेँले बराह ताल । अहिले उक्त पहेँले बराह ताल जहाँ पुग्न जती गाह्रो हुन्छ त्यहाँ पुगेपछि तालको सुन्दरताले मनै लोभ्याउने गर्दछ ।


जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पहेंली ताल हिमालको फेदीमा गोलो आकारको रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुराहरु एकै ठाउँबाट अवलोकन गर्न सकिने पहेंली बराह क्षेत्रमा वरपर सुक्खा र उजाड पहाड छ । तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको छ ।
म्याग्दीको दरमुकाम बेनी बजारदेखि एक दिन सवारी साधन र एक दिन पदमार्ग हुदै पहेंली बराह पुग्नुभएका किरन कार्कीले तालको दृश्यले सबै दुःख मेटाईदिएको बताउनुभयो । उहाँले ताल सम्म आउने बेला जति दुख भएपनि तालमा आएपछि सबै दुःख बुलाएको अनुभुति गरेको बताउनुभयो । ‘यहाँ आउन जती गाह्रो भएको त्यो यहाँको दृस्यले त्यो दुःख मेटाईदियो तर, यहाँ सम्म आउने पदमार्ग नुहदा निकै गाह्रो भयो ।’


समुद्री सतहदेखि चार हजार ६ सय मिटरको उचाइमा अवस्थित पहेंली ताल करीब ८ सय मिटर भन्दा बढी लम्बाइ र ४०० मिटर चौडाइमा फैलिएको छ । हालै ताल पुगेर फर्किनुभएका बेनीका अग्रज पत्रकार घनश्याम खड्काले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताउनुभयो । उहाँले ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए तर यहाँको प्राकृतिक सौन्दर्यले जती राम्रो छ त्यहाँ पुग्न त्यति मुस्कील भएको खड्काको भनाई छ । भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन ।
अहिले सम्म ताल वरपर भेडा पालन गर्ने गोठालाहरु र यार्सागुम्बा टिप्न पुग्ने चिमखोलेहरु मात्र त्यस क्षेत्रमा पुग्ने गरेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका गमान गर्बुजाले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना भएपनि प्रचारप्रसार र पुर्वधार अभावले ओझेलमा परेको छ ।


बेनी–चिमखोला–कुईनेमंगले हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग हुदै पुग्न सकिने उक्त तालमा जानका लागि कालीबराह खोलादेखि माथी जानुपर्दछ । खोला सम्म राम्रो पदमार्ग भएपनि खोलादेखि ताल सम्म पुग्न जंगल, खोलाको किराना, भिर हुदै मुस्किलले पुग्न सकिने चिमखोलाका कृष्ण पुर्जाले बताउनुभयो । ‘यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउने हो भने, पहिले पदमार्ग र पर्यटक बस्न मिल्ने सत्तल, ठाटी लगायतका पूर्वधारहरु निर्माण गर्नुपर्छ, उहाँले भन्नुभयो, पछिल्लो समय चिमखोलाबासीले यस क्षेत्रको विकासमा चासो दिएका छौँ, यसमा सबैको साथको आवश्यक छ ।’


बेनी–रुईसे भेडी ओडार– सोबाङ दुरी हुदै धवलागिर आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुदै मुस्ताङको तेले निस्कने पर्यटक पदमार्गको डिपिआर गरी यस क्षेत्रको विकासमा पहल गरिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यस क्षेत्रको डिपिआर अनुसारको पदमार्गको स्थलगतको भिडियो निर्माण गरी सम्बन्धित निकाय संग पूर्वधार संगै पदमार्ग निर्माणका लागि आवश्यक पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.