राष्ट्रपति पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासमा आयोजित समारोहमा सरिक

काठमाडाै‌- राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभएकाे छ । साे अवसरमा राष्ट्रपति पाैडेललाई स्विटजरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । राजदूत सुवेदीले स्विस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे राष्ट्रपति पाैडेललाइ जानकारी गराउनुभएकाे थियोे ।
साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।
उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भाेलि त्यस तर्फ जानुहुने राष्ट्रपति पाैडेलकाे सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.