छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान

नवलपुर – पुर्वी नवलपरासीको कावासोतीस्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला अदालत नवलपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली , विकास सापकोटा , नगेन्द्रबहादुर रिमाल, संजीवकुमार महतो, ढुण्डीराज गौतम, शिवलाल लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा र कोषाध्यक्ष सुनीताकुमारी न्यौपानेलाई २ लाख पचास हजार र सहकारीका कर्मचारी तीर्थराज कैनीलाई १० लाख धरौटी तोकेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको हकमा जिल्ला अदालतले थुनछेक बहस सकाएको भएपनि फरार सांसद गिता बस्नेत सहित २५ जनालाई ३५ दिने म्याद जारी भएको जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरेले बताउनुभयो । छिपछिपेको १६ करोड ५८ लाखभन्दा बढी हिनामिना गरेको आरोप छ । सहकारीमा २ हजार ३ सय ९४ जना बचतकर्ताको रकम हिनामिना भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.