बागमती प्रदेशले ल्यायो रु ६४ अर्ब ५४ करोडको बजेट

काठमाडौँ- बागमती प्रदेशले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । यस प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ रुपैयाँ बजेट छुट्याइएको छ ।

पुजिगत ३६ अर्ब ९३ करोड रुपैयाँ छुट्याईएको छ । वित्तीय १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । गतबर्ष बागमती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बागमती प्रदेश सरकारको बजेट घोषणाका लागि तोकिएको समयबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम केही पर धकेलेर बजेट सार्वजनिक गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.