भारतीय प्रधानमन्त्री मोदीले महत्वकांक्षी किसान योजना घोषणा गर्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै हुनुहुन्छ । आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात् पिएम-किसान निधि योजना अन्तर्गत् २० हजार करोडको जारी गर्दै हुनुहुन्छ ।

पिएम–किसान योजनाको १७औँ किस्ता जारी गरेपछि मोदीले ३० हजार भन्दा बढी स्व-सहायता समूहहरूलाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्नुहुने केन्द्रीय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

यो कार्यक्रम उत्तर प्रदेश सरकारको समन्वयमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले आयोजना गर्नेछ । प्रधानमन्त्री मोदीले गत सोमबार प्रधानमन्त्री किसान निधिको १७औँ किस्ता जारी गर्ने अधिकार दिएर आफ्नो तेस्रो कार्यकालको सुरुआत गर्नुभयो ।

यसको लक्ष्य नौ करोड ३० लाख किसानलाई फाइदा पुर्‍याउने र करिब २० हजार करोड रुपैयाँ वितरण गर्ने रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.