कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ ।

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले बताउनुभयो ।

हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएक छ । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताउनुभयो । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो ।

उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फलेका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.