पटक-पटक बिजुली जाने र कम भोल्टेजले सौराहाबासी र पर्यटक आजित

चितवन- सौराहा नेपालकै तेश्रो पर्यटकीय गन्तव्य । जसका कारण वन वन्यजन्तु तथा जौविक विविध हेर्न स्वदेशी देखि विदेशी पर्यटक आउने गर्दछन् । यहाँ सफारी पर्यटनमा रम्न उनीहरु लालाहित हुन्छ । तर हिजोआज यहाँ आउने पर्यटकहरु मात्र होईन् व्यवसायी पनि हैरान भएका छन् ।

बिहानैदेखि लाग्ने चर्को घामले आफू बसेको ठाँउबाट निस्कने अवस्था छैन । अत्यधिक गर्मीका कारण दैनिकी कष्टकर बनेको छ । मजदुरवर्ग जीविका चलाउन अत्यधिक गर्मीका बाबजुद काम गर्ने गरेका छन् भने धेरैजसो सर्वसाधारण जरुरी काम बाहेक घरमै बस्ने गरेका छन् ।

तर, बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत् प्राधिकरणले दैनिक लाइन काट्ने गरेको हुँदा सौराहाका सर्वसाधारण मात्र होईन् यहाँ रम्न आउने पर्यटक पनि हैरान बनेका छन् । विद्युत् प्राधिकरणले अनावश्यक रूपमा पटकपटक लाइन काट्ने गरेपछि सर्वसाधारण आक्रोशित बन्ने गरेका छन् । नियमित रूपमा विद्युत् आपूर्ति भए पनि लो भोल्टेजका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

बिना कुनै जानकारी लाइन काट्ने र विद्युत् आपूर्ति हुँदासमेत लो भोल्टेजका कारण विद्युत्सँग सम्बन्धित काम गर्नेहरू बढी मारमा परेका छन् । लो भोल्टेजले केही नचलेपछि जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । जेनेरेटर चलाउँदा खर्च चार गणा बढी हुने गरेको छ ।

सौराहाको विद्युत् प्रसारण लाइनमा कम भोल्टेजको समस्या छ । दुई सयभन्दा माथि हुनुपर्नेमा १ सय ७० को हाराहारीमा भोल्टेज हुन थालेपछि सौराहाका व्यवसायी होटल छोडेर प्राधिकरण धाउन बाध्य भएका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र रत्ननगर टाँडीको लापरबाहीका कारण गर्मी मौसममा सौराहाका व्यवसायी र पर्यटकहरू लो भोल्टेज र अनियमित रूपमा विद्युत् कटौती हुने समस्याले हैरान बनेको व्यवसायीको गुनासो छ ।

यता नेपाल विद्युत् प्राधिकरणले भने विनाकारण विद्युत् कटौती नगरेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीले भण्डाराको हर्दिमा बनेको सब स्टेसनबाट ३५ केभीको विद्युत् पर्सामा ल्याउने काम स्थानीयको अबरोधले रोकिएपछि लो भोल्टेज हटाउन नसेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.