हदबन्दी भन्दा बढी जग्गा धितो राखेर ऋण लिन पाउने विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौँ- लगानी सहजिकरणसँग सम्बन्धित केही नेपाल ऐनलाइ संसोधन गर्ने विधेयकमा अनुमति माग्ने प्रस्ताव आजको प्रतिनिधिसभाको बैठकले स्विकृत गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले विचार गरियोस भनी पेश गर्नु भएको प्रस्तावलाइ स्विकृत गरेको हो । लगानी सम्मेलनका क्रममा नीतिगत सुधार गर्नका लागि कानून बनाउन केही ऐन संसोधन गर्न लागिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनु भयो ।

प्रस्तावित विधेयकमा हदबन्दी भन्दा बढीको जग्गाको ५० प्रतिशत सरकारको अनुमती लिएर उद्योगको क्षमता बढाउन धितो बन्धक राख्न पाउने ब्यवस्था गरिएको छ । ऐनमा विद्यमान ८ वटा ऐनलाइ एकिकृत रुपमा संसोधनको प्रस्ताव गरिएको छ । आजको बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ अन्त्रालयका विनियोजन शिर्षकहरुमाथि छलफल जारी छ । ती ३ वटा मन्त्रालयका विभिन्न विनियोजन शिर्षकमा सांसदहरुले आ आफ्नो धारणा राखि रहनु भएको छ ।

त्यस अघि आजको वैठकमा सांसदहरुले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गर्नु भएको छ । बैठकको आकस्मिक समयमा सांसद अच्युतप्रसाद मैनालीले बारामा खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित रहेकाले नागरिकलाइ सुरक्षाको अनुभुती दिलाउन अपराधीलाई छिटो कानुनी दायरामा ल्याउन माग गर्नु भयो । अ

र्का सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मधेस प्रदेशमा गत साता मात्रै चार जनाको गोली हानी हत्या भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.