निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

काठमाडौँ- संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले नेपाल टिभीअनलाईनलाई जानकारी दिनुभयो । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ । अन्य संवैधानिक चार वटा रिक्त पदमा नियुक्तिका सम्बन्धमा छलफल भएपनि निर्णय भने भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.