तम्घास सिमलटारी सडमा वर्षातले सास्ती

गुल्मी – गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड भत्कीन थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ ।
सडकको छल्दीमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक कष्टकर यात्रा गर्नुपर्ने अवस्था बन्दै गएको हो । अहिले वर्षात पनि सुरु हुनु थालेसँगै सहायक सडक बिस्तारका क्रममा गरिएको बेथितिका कारण सडक हिलाम्मै बन्दै गएपछि कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन गाह्राे बन्न थालेको छ ।
जसले गर्दा साना ठूला सवारी सधानले सास्ती खेप्न बाध्य भएका छन् । गएराती परेको पानीका कारणले पनि सडक जोखिम बनाएको छ । असार शुरु भएसँगै पानी पर्न थालेको छ ।
पानी परेसँगै सडकको सहायक सडक बिस्तारका क्रममा गरिएको बेथितिका कारणले भेलले हिलो माटोले सडकसँगै नागरिकका घरहरुमा समेत क्षति पुर्याएको छ । मुख्य राजमार्गमा अघिल्लो वर्ष पनि सडकको अवस्था यस्तै रहेको थियो ।
यसवर्ष पनि वर्षात शुरु हुनै लाग्दा साना ठूला सवारी साधन जोखिम झेल्नु पर्ने अवस्था भएको इस्मा गाउापालिका वडानम्बर–२ का स्थानीय राजन कुँवरले बताउनुभयो । गएराती पानीसँगै हिलोले सवारी साधनहरुलाई अवरोध गरेको कुँवरले बताउनुभयो ।
गएराती परेको वर्षातले सडकमा भेलले हिलो ल्याएर सडक थुप्रिदा जोखिम भएको छ । सडकको अवरोध हटाउन सम्बन्धीत निर्माण व्यवसायीलाई आग्रह गरिएको इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।
उहाँले सहायक सडक बिस्तारका क्रममा समयमै काम नहुँदा पक्की सडक पनि कच्ची जस्तै बन्दै गएको आचार्यले बताउनुभयो । करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।
तर अहिले विभिन्न ठाउँमा सडक भत्कीएर जोखिम बन्दै गएको छ । कालोपत्रे भएको ४ वर्ष पनि नबित्दै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको तम्घास सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको हो ।
सडकमा लेन्थ वर्कर राख्ने काम नहुदा कतिपय स्थानमा नालिमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै बाध्यता रहेको छ ।
राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।
वर्षात शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रका सडमहर जीर्ण बन्दै जान थालेका छन् । कतियपय स्थानमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.