सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेत- सुर्खेत सदरमुकाम  वीरेन्द्रनगर-११,  पिपिरामा इनार सफा  गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसासिएर वीरेन्द्रनगर-११, निवासी ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजन कमी भएपछि बेहोस भएका दुबै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याइए पनि डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.