ग्रामथान गाँउपालिकाका अध्यक्षको निधन

मोरङ- मोरङको ग्रामथान गाँउपालिकाका अध्यक्ष जयप्रकाश गच्छेदार थारुको निधन भएको छ । गत माघ १० गते ब्रेन ह्यामरेज भएर उपचार पछि घरमै अर्धचेत अवस्थामा रहनु भएका गच्छेदारको सोमवार मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका गच्छेदार गत राष्ट्रिय सभाको निर्वाचन देखि विरामी हुनुहुन्थ्यो । उहाँको आज बिहान १० बजे दाह संस्कार गरिने बताइएको छ ।

दाह संस्कारअघि उहाँको पार्थिव शरिरलाई ग्रामथान गाँउपालिकामा आधा घण्टा राखिने उपसभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.