पुटिनले उत्तर कोरियाको ‘मैत्रीपूर्ण’ भ्रमण गर्नुहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जानु हुने क्रेमलिनले घोषणा गरेको छ ।
विश्वको सबैभन्दा एकान्त मुलुक उत्तर कोरियाको भ्रमण पुटिनले सन् २०२२ फेब्रुअरीमा सुरु गर्नुभएको आफ्नो सैन्य अभियानलाई जारी राख्नका लागि गोला बारुद मागिरहेको बेला भइरहेको छ । यसले मस्कोले अभूतपूर्वरूपमा एक्लो पारेको छ ।
रुसको सुदूरपूर्वको दुर्लभ विदेश भ्रमणमा उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको छ । उक्त भ्रमणमा दुवै नेताले एक अर्काको प्रशंसा गर्नुभएको थियो ।
“राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उहाँले भियतनामको भ्रमण गर्नुहुनेछ ।
पश्चिमी मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् ।
बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् ।
युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले विदेश भ्रमण कम गर्नुभएको छ तर चीन जस्ता मस्कोका केही प्रमुख सहयोगीहरूको केही उच्च प्रोफाइल भ्रमण गर्नुभएको छ ।
सानो भूमि साझा गर्ने रुस र उत्तर कोरियाबीच ऐतिहासिक सम्बन्ध छ । सन् १९५० को दशकमा कोरियाली युद्धपछि सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सहयोग गरेको थियो ।
सोभियत सङ्घको पतनपछि रुस प्योङयाङसँग कामकाजी सम्बन्ध राख्ने केही मुलुकमध्येको एक थियो ।
चौबिस वर्षअघि राष्ट्रपति बने लगत्तै किम जोङ उनका पिता किम जोङ इलसँग भेट्न गरेको भ्रमणपछि पुटिनको यो दोस्रो उत्तर कोरिया भ्रमण हुनेछ ।
त्यसबेला पुटिनले बारम्बार भ्रमण गर्नुहुन्थ्यो । नियमितरूपमा अमेरिका र युरोपको भ्रमण गर्नुहुन्थ्यो ।
अहिले रुसले आफूलाई ठूलो अन्तर्राष्ट्रिय प्रतिबन्धअन्तर्गत पाएको छ र पुटिन अधिकांश पश्चिमी संसारमा अवाञ्छित व्यक्ति बन्नुभएको छ । उहाँ आधिकारिकरूपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को खोजीमा हुनुहुन्छ ।
    किमले गत साता रुससँगको सम्बन्ध ‘कमरेड–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको’ बताउनुभएको थियो ।
  मार्चमा रुसले उत्तर कोरियाली प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय निगरानीलाई प्रभावकारीरूपमा अन्त्य गर्न आफ्नो राष्ट्रसङ्घीय सुरक्षा परिषद्को भिटो प्रयोग गरेको थियो । उक्त कदमलाई प्योङयाङको जितको रूपमा हेरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.