प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले दुग्ध किसानहरुले समयमा दूधको भुक्तानी नपाएका कारण उनीहरू आन्दोलनमा रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत किसानहरूसँग वार्ता गर्न र समयमा रकम भुक्तानी गर्न माग गर्नुभयो ।

सांसदहरुले कानुन अभावका कारण क्रसर तथा खानी उद्योगहरू नवीकरण हुन नसक्दा उद्योगहरू बन्द रहेको र उद्योगीहरू आन्दोलनमा रहेको भन्दै क्रसर उद्योग नवीकरण गरी सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले वर्षाका कारण देशका विभिन्न स्थानमा सडक तथा पुलहरू अवरुद्ध हुँदा विद्यार्थी तथा आम मानिसहरूलाई आवतजावतमा समस्या भएको भन्दै त्यसतर्फ समयमै सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसदहरुले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिने प्रक्रियालाई सहज बनाइनुपर्ने, कवाड व्यवसायीमाथि लाठी प्रहार भएको र त्यसक्रममा कयौँ घाइते भएको भन्दै घाइतेहरूको नि:शूल्क उपचार गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.