ट्रयाक खुलेको २९ वर्ष पछि कालिञ्चोक मन्दिर जाने सडक कालोपत्रे

दोलखा- सडकको ट्रयाक खुलेको २९ वर्ष पछि सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर जान सहज भएको छ । जिल्ला सदरमुकाम चरिकोटबाट कालिञ्चोक जाने मुख्य प्रवेशद्धार कालोपत्रे भएपछि यात्रुसहित स्थानीयलाई समेत सहज भएको हो ।

चरिकोटदेखी देउरालीसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । चरिकोटबाट कालिञ्चोक जाने बाटो कच्ची भएका कारण चालकहरुले वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।

दुईतर्फी सहजै गाडी गुडन मिल्ने गरी साढे ६ मिटर चौडाईको सडक निर्माण भएको पुर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकका इन्जिनियर टंक प्रसाद तिवारीले बताउनुभयो ।

१२ करोड ९० लाख १८ हजार मा ठेक्का सम्झौता भएको उक्त सडकको काम २२ महिनामा सम्पन्न भएको हो । जय धनन्जय-गणेश कुण्ड-भुजेल जेभीले ठेक्का लिएको उक्त सडकको रङरोगन र ट्राफिक चिन्ह राख्ने काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.