आँफैले चलाएको जीपले च्यापिएर चालकको मृत्यु, सह-चालक घाइते

सुर्खेत- आँफैले चलाएको जीपले च्यापिएर एक चालकको मृत्यु भएको छ । उकालो बाटोमै सवारी साधन धोइपखाली गर्न खोज्दा सोही जीपले च्यापिएर घाइते भएका दैलेखको महाबु गाउँपालिका–६, का जीप चालक २५ वर्षिय चन्द्र काफ्लेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बेलुका साढे ८ बजे तिर दैलेखको महाबु गाउँपालिका–६, फुम्ली डाँडास्थित भित्रि सडकखण्डमा जीपलाई सडकको उकालो भागमा रोकेर पानीले धुने क्रममा गाडी व्याक हुँदा सवारी चालक काफ्ले च्यापिएर घाईते भएपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याईएको थियो ।
थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बुधबार बाटोमै मृत्यु भएको ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी (प्रहरी निरीक्षक) भूपेन्द्र शाहीले जानकारी दिनु भयो ।
उहाँले उक्त घटनामा घाइते अर्का सह–चालक दैलेखको महाबु गाउँपालिका–६, का १६ वर्षिय विकास शाहीको अहिले प्रदेश अस्प्ताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको बताउनु भयो । उहाँका अनुसार मृत्तक चालक उक्त जीपका सवारी धनी समेत हुन् ।






प्रतिक्रिया राख्नुहोस्