रसुवामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

रसुवा- रसुवा भन्सार कार्यालयले यस अर्थिक बर्षको एघार महिनामा लक्ष्यको एकानब्बे प्रतिशत राजश्व असुली गर्न सफल भएको छ ।

गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको एघार महिना सम्ममा राजश्व अशुलीमा उल्लेख्य सुधार भएकोे जनाएको छ । आर्थिक बर्ष ०७९।०८० मा लक्ष्यको ७७‍.२९ प्रतिशत मात्र असुली भएकोमा यस आर्थिक बर्षमा भने लक्ष्यको ९१‍‍‍‍.३१ प्रतिशत भएको छ ।
बिभागले दिएको साबिकको लक्ष्य ११अर्ब ९४ करोड रहेकोमा पछि सम्सोधित लक्ष्य भने करिब २१ अर्ब रहेको छ । जसमा कार्यालयले १९ अर्ब १७ करोड राजश्व असुल गरिसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताउनुभयो ।
उहाँका अनुसार यस आर्थिक बर्षमा ब्यबसायीहरुले मुल्य अभिबृद्धी कर,माल बस्तुको स्पस्ट घोषणा नभएको,कम परिणम घोषणा भएको,उत्पतिमुलक फरक घोषणा गरिएको, एच एस कोड परिवर्तनलगायतबाट ५८ करोड जरिवाना गरिएको बताउनुभयो ।
गत आर्थिक बर्षको जेठ मसान्त सम्मको आयातसंगै राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै तीन गुणाले बढेको देखिन्छ।

चीनबाट नेपाल आयात हुने समाग्रीहरुमा साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.