कांग्रेसकाे बिराेधपछि लुम्बिनी प्रदेश सभाकाे बैठक स्थगित

दशरथ घिमिरे
दाङ-लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे १५ अाैं बैठक आधा घण्टाकाे लागि स्थगित भएको छ । सरकारले ल्याएकाे बजेट माथि असहमति जनाउँदै कांग्रेसले संसदमा बिराेध जनाएपछि सभामुख तुलाराम घर्ती मगरले सरकार र प्रतिपक्ष दलकाे बिचमा संवादकाे लागि भन्दै बैठक आधा घण्टाकाे लागि स्थगित गर्नु भएको हाे । संसद बैठकलाई संवाेधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीले संघीयता बिराेधी बजेट ल्याएकाे आराेप लगाउदै सदन अवरुद्द गर्ने जानकारी दिनु भएको थियाे ।`सरकारले ल्याएकाे बजेटले संघीयतालाइ बलियाे बनाउदैन´उहाँले भन्नुभयाे,-`संघीयता यसरी सफल हुदैन ।´

बैठकलाई सम्बाेधन गर्दै उहाँले आफ्नाे नेतृत्वकाे सरकारले राजश्वकाे अनुमान गलत गरेकाे स्विकार्दै वर्तमान सरकारले साेही गल्ती दाेहाेर्याएकाे बताउनु भयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.