बजेट निर्णयार्थ पेश गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बजेटको पक्ष वा विपक्षमा मत दिने भन्ने बारेमा सोहि समयमा निर्णय गर्ने उहाको भनाइ छ ।

बैठकले देश र जनताको सवालहरुलाई सघन ढंगले उठाउनुपर्ने दायित्व आफुहरुको भएको अवस्थामा सदनको बैठकमा निरन्तर उपस्थीति जनाउन र देश र जनताको सवाल उठान गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.