सङ्खुवासभाको मकालुमा बाढी र पहिरोले २४ घर विस्थापित

सङ्खुवासभा- सङखुवासभाको मकालु गाउँपालिका अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मकालु-२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित रुपले सारिएको प्रजिअ खड्काले बताउनुभयो । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन ।

बाढी पहिरोबाट के कति क्षति भयो भन्ने विवरण संकलनको काम भइरहेका उहाँको भनाइ छ । एकसाता देखि लगातार परेको बर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ ।

बाढी पहिरोले एकुवा खोलाको करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको प्रजिअ खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.