मन्त्रिपरिषद बैठकः आठ देशको राजदुत नियुक्तिका लागि सिफारिस

काठमाडौं- सरकारले आठवटा देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत अमेरिका लगाएत आठ वटा देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतको लागि, चन्द्र घिमिरे अमेरिकाका लागि, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस हुनुभएको छ ।

त्यसैगरी डा विजन पन्त बेलायतका लागि सिफारिस हुनुभएको छ भने पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको कानुन मन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

राजदूतमा सिफारिस भएका व्यक्तिहरुको संसदीय सुनुवाइपछि नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रिपरिषद बैठकले कर्णालीका भुकम्पपीडितको सहयोगका लागि बेलायतबाट ८१ लाख पाउन्ड स्टर्लिङ डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.