अत्यधिक गर्मीले यस वर्ष पाँच सय हजयात्रीको मृत्यु, वास्तविक तथ्यांक दोब्बर हुनसक्ने

काठमाडौं- साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ ।

वास्तविक तथ्यांक भने यसको दोब्बर हुनसक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । चर्को गर्मी र तातो हावाका कारण मक्का जाने मार्गमा ६ सय इजिप्टसियन तीर्थयात्रीको मात्रै मृत्यु भएको अनुमान गरिएको छ ।

प्रत्येक देशका अधिकारीहरुले दिएको तथ्यांक अनुसार हज यात्रका क्रममा १ सय ६५ जना इन्डोनेसियाली नागरिक मारिएका छन् । यसैगरी ९८ भारतीय, ७५ जोर्डन, ४९ ट्युनिसियाली, ३५ पाकिस्तानी, १४ मलेसियाली र ११ इरानीको मृत्यु भएको पुष्टि भएको छ ।

साथै २७ जोर्डनी अस्पताल भर्ना भएको र १४ जना अझै बेपत्ता रहेको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ । साउदी अरब र इजिप्टले हजयात्रामा मृत्यु हुनेको तथ्यांक सार्वजनिक गर्न बाँकी छ । यसपछि वास्तविक तथ्यांक आउनेछ । यस वर्ष ४९ डिग्री सेल्सियससम्मको उच्च तापक्रमका बीच हजयात्रीहरुले तीर्थयात्रा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.