भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट

भक्ततपुर- सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।

आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार जनाको समूहले दधिकोटका एक व्यवसायीको घरमा पसेर लुटपाट गरेको परिवारको दावी छ ।

उक्त घटनाको भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको र हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । घटना मंगलबार राति भएपनि अवस्था अहिलेसम्म गोप्य राखिएको थियो ।

सीसीटीभी फुटेजमा चार-पाँचजनाको समूह व्यवसायीको घरमा पसेको देखेपछि सोही फुटेजका आधारमा अनुसन्धान अगाडी बढाएको डिएसपी बसन्त पाठकले बताउँनु भयो ।

घटनाको भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले संयुक्त रुपमा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानको नजिक पुगेको डिएसपी पाठकले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.