कांग्रेसले प्रतिपक्षको भूमिका थप सशक्त बनाउँछः सभापति देउवा

पश्चिम नवलपरासी- नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा प्रतिपक्षको भुमिका थप मजबुत बनाउने बताउनुभएको छ । कांग्रेसको भुमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेको भन्दै देउवाले अब प्रभावकारी ढंगले प्रस्तुत हुने बताउनुभयो ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्व सांसद पृथ्वीराज कण्डेलको अर्धकदको शालिक अनावरण र बसपार्कको उद्घाटन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले नवलपरासीको एक मात्र मुख्य भन्सार भएर पनि महेशपुर भन्सार पुर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवंम प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो ।

पूर्व गृह राज्यमन्त्री एवंम् काग्रेसका केन्द्रिय सदस्य देवेन्दराज कण्डेलका पिता पृथ्वीराज कण्डेलको स्मृतिमा बसपार्कको नामाकरण र अर्धकदको शालिक निर्माण गरिएको हो । स्व कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।

स्वर्गिय कण्डेल नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराजका पिता हुनुहुन्छ । सोही कार्यक्रममा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले निजामती ऐन तत्काल पास गर्नुपर्ने बताउनुभयो । त्रिपाठीले नेपाल भारत सीमा क्षेत्रमा हुने कुनैपनि क्रियाकलाप मधेसको सहमती बिना हुन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिनुभयो ।

संघिय सरकारको एक करोड, पाल्हीनन्दन गाँउपालिकाको १३ लाख गरी कुल १ करोड १३ लाखको लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कण्डेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.