टिपरको ठक्करबाट योजना शाखाका कर्मचारीको मृत्यु

संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका-८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरर्गत चैनपुर–सभाखोला सडक खण्डको चैनपुर-८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

शनिबार साँझ चैनपुरदेखि खराङतर्फ जाँदै गरेको प्रदेश ०१–०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चैनपुर नगरपालिका योजना शाखामा कार्यरत चैनपुर–७ का ४९ बर्षीय पदम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक लामिछानेका अनुसार टिपरको ठक्करबाट गम्भीर हुनु भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा साँझ ७ बजे मृत्यु भएको हो ।

टिपर चालक चैनपुर–१० खराङ बस्ने बस्ने ३४ कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणका लिएको छ । मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.