३ सय २८ वर्ष पुरानो इतिहास बोकेको आरुघाट बजार सुनसान बन्दै

धादिङ- करिब ३ सय २८ वर्ष पुरानो इतिहास बोकेको धादिङ र गोर्खाको सिमानामा पर्ने ब्यापारिक केन्द्र आरुघाट बजार अहिले खण्डहरमा परिणत भएको छ । कुनै समय मालसामान किन्न आउने ग्राहाकहरुले खचाखच भरिने ब्यस्त बजार अहिले सुनासान बन्दै गएको हो ।

धेरैजसो व्यापार ब्यवसाय त बन्द नै भईसक्यो, मानिसहरु अन्यत्र पलायन भइसके, भएका केही पसलहरु पनि ग्राहक कुरेर बस्नुको विकल्प नभएको ब्यापारीहरुको भनाई छ । मुलुक संघीय संरचनामा गएसँगै जिल्ला सदरमुकाम लागएत यस्ता धेरै ब्यपारिक केन्द्र सुनसान बन्दै गएको हो ।

यसो त ग्रामीण भेगबाट युवा रोजगारीको अवसरका लागी विदेश पलायन हुनु पनि यसको मुख्य कारण रहेको ब्यापारीहरुको भनाई छ । आजकाल त बजार सबै घर खाली भई सक्यो, सबैको घरमा ताल्चा लगाएको मात्रै देखिन्छ ।

बिस्तारै ब्यापार कम हुँदै गएपछि यहाँका स्थानीय अन्यत्र बसाँई गएको स्थानीय आरुघाटबासीको भनाइ छ । केही वर्ष पहिलेसम्म त उत्तरी धादिङ र गोर्खाको मुख्य किनमेल गर्ने थलोको रुपमा परिचित आरुघाट बजारमा आजकल ब्यपारको त कुरै छाडौं मानिसहरु समेत देख्‍न मुस्किल जस्तै हुने गरेको छ ।

अझै भन्ने हो भने त सरकारले २०६९ सालमा १२ मेघावाट क्षमताको जलासययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भनेपछि अरुघाट बजार छाड्ने मानिसहरुको संख्या बर्षेनी बढ्दै जान थालेको छ ।

सरकारले आयोजना निर्माणका लागी जमीन अधिग्रहण गरी मुआब्जा वितरण गरेपछी सबैजसो मानिसले आरुघाट छाड्दै जान थाले । त्यसपछि यो बजार विस्तारै खाली हुँदै गएको स्थानीयको भनाई छ ।

सरकारले न त आयोजनाको काम सुरु गर्‍यो न त कुनै अन्य विकासका काममा सो क्षेत्रमा लगानी गर्‍यो, जस्को परिणामस्वरुप बजार बिस्तारै रित्तिंदै गएको हो । २०७२ सालको भुकम्प पछि पुराना घरहरु भत्किए र आरुघाट छाड्ने स्थानीयको संख्या झनै बढ्दै गयो ।

दश वर्ष अघिसम्म चार सय घरधुरी भएको यो ब्यस्त आरुघाट बजारमा अहिले दुई सय घरधुरीमा पनि मानिसहरुको बसोवास भएको भेटिन्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.