निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गतडौलालाई  

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार नेपाल सरकार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँले निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको हो ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बित हुनुभएको छ । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.