लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला

सुनसरी- धरान उपमहानगरपालिकाको विकट वडा २० नम्बरलाई गुराँसको जङ्गल बनाउने उदेश्यले वृहत गुराँस फूलको विरुवा रोपिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउँदै आइतवार साँझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ ।

नेपालमा पछिल्लो समय गुराँसको फूल लोप भइरहेको बेला यो सरंक्षण अभियानले गुराँसको क्षेत्रमा सहायोग पुर्‍याउने नेता कोइरालाले बताउनु भयो ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर-१ ले लालिगुँरासको अभियान थालनी गरेको हो । गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि डाक्टर शेखरले चासो राख्नु भएको थियो ।

धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रूपमा विकट मानिन्छ । भौगोलिक विकटताले डाक्टर शेखर निर्धारित कार्यक्रम स्थलसम्म पुग्न नसेपछि तल्लो क्षेत्रमै गुराँसको बिरुवा रोपेर अभियानको उद्घाटन गर्नु भएको थियो ।

अभियान अन्तर्गत यस क्षेत्रमा ६ सय २६ वटा विरुवा स्थानियबासीको सहयोगमा रोपिएको नेपाली काग्रेशका १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.