पौडी खेल्ने क्रममा नहरमा डुवेर विद्यार्थीको मृत्यु

नुवाकोट- देवीघाट जलविद्युत केन्द्रका लागि ल्याइएको पानीको नहरमा डुवेर एक जना विद्यार्थीको ज्यान गएको छ ।

साथीहरुसंग पौडी खेल्ने क्रममा गौरीवेशीस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीको पानी भरिएको नहरमा डुवेर ज्यान गएको हो ।
विदुर नगरपालिका १२ गौरीवेशीस्थित महेन्द्र माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय सन्देश अधिकारीको देवीघाट जलविद्युत केन्द्रका लागि ल्याइएको पानीको नहरमा डुवेर ज्यान गएको प्रधानाध्यापक तारा श्रेष्ठले जानकारी दिनुभयाे । विदुर २ स्थित सिमचौरमा परिवारसंग वस्दै आएका अधिकारी साथीहरुसंग पौडी खेल्न नहरमा गएका वेला डुवेर ज्यान गएको हो ।
मृतक विद्यार्थीको शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ । नुवााकेट प्रहरीले घटनाका सम्वन्धमा विशेष रुपमा अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.