रामबहादुर बम्जन बाल यौन दुरुचारमा दोषी ठहर

काठमाडौँ- सर्लाही जिल्ला अदालतले कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुचारमा दोषी ठहर गरेको छ ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बाल यौन दूराचार गरेको कसुर गरेको ठहर गर्दै यही १७ गते फैसला सुनाउने मिति तोकेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले नेपाल टिभी अनलाइनलाई जानकारी जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ।

बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले बम्जनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै  पक्राउ परेका थिए । सर्लाही अदालतले गत २७ पुसमा मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.