खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु, १ जनाको उद्धार, २ जना बेपत्ता

सुनसरी- सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाई बगाएको छ ।

बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक  टेकवहादुर कार्कीले जानकारी दिनु भएको छ ।

वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।

वेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले  जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.