मधेश प्रदेशमा ६८ प्रतिशत स्थानीय तहले समयभित्र बजेट ल्याएनन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४० प्रतिशत स्थानीय तहले मात्र कानुनले तोकेको समय सिमा असार १० भित्र  स्थानीय तहको  बजेट नगर सभा/ गाउसभामा  पेश गरेका छन् । ६० प्रतिशत स्थानीय तहले बजेट कानुनले निर्दिष्ट गरेको समय भित्र बजेट सार्वजनिक गर्न सकेनन् । सवै भन्दा बढी मधेश प्रदेशमा ६८ प्रतिशत स्थानीय तहले समय सीमा भित्र बजेट सार्वजनिक गरेका छैनन्  । मधेश प्रदेशका १३६ स्थानीय तह मध्ये हाल सम्म ४३ स्थानीय तहले मात्र बजेट पेश गरेको विवरण मन्त्रालयको वेभसाइटमा प्रविष्ट गरिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.