चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

झापा- झापामा चट्याङ्ग लागेर आज एकै दिन दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा कमल गाउँपालिका वडा नं. २ को ४६ बर्षीय राज खड्का र गौरीगंज गाउँपालिका वडा नं. ३ का ४२ बर्षीय सिताराम दाहालको मृत्यु भएको हो ।

खड्का र दाहाल दुवै जना खेतमा गई काम गर्दै गरेको अवस्थामा चट्याङको झड्काले भेटेको थियो । खड्काको उपचारकोक्रममा र दाहालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

आजै परेको चट्याङले अर्जुनधारा र मेची नगरपालिकामा दुई जनाको घरको विजुली, पंखा, पशुचौपाय समेतमा गरेको क्षतिबाट १ लाख धनमाल नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.