लमजुङमा पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता

लमजुङ- अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।

स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ ।

पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.