‘नगरकोट भ्रमण वर्ष २०८२’ का लागि चारवटै पालिकाको सामुहिक ऐक्यबद्धता

भक्तपुर- देशकै एक पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटकहरुको चाप बढेसँगै यसको विकास र पर्वद्धनका लागि यसक्षेत्रका चारवटै पालिकाले सामुहिक ऐक्यबद्धता जनाएका छन् ।

चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरेको हो । त्यसपछि यस क्षेत्रसँग जोडिएका पालिकाहरुले ऐक्यबद्धता जनाएका हुन् ।

पर्यटकीय नगरी नगरकोटसँग जोडिएका पालिका प्रमुखहरूले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन सामूहिक ऐक्यबद्धता जनाए अनुसार बजेट पनि विनियोजन गरेका छन् ।

काभ्रे, काठमाडौं र भक्तपुर गरि तीन जिल्ला र काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मन्डन देउपुर नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका नगरकोटसँग सीमा जोडिएको छ ।

सो क्षेत्रमा हुने पर्यटन वर्षलाई सफल बनाउन स्थानीय पनि उत्साहित भएका छन् । प्रवर्द्धनका साथै पर्यटन विकासका लागि घोषणाले समग्र नगरकोटको समृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैबीच नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि १ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको पन्ध्रौं अधिवेशनले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरि आवश्यक पूर्वाधार निर्माण तथा अन्य पर्यटन गतिविधि गर्न रकम विनियोजन गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.