कास्कीमा पहिरोमा परी दुई बालबालिकाकाे मृत्यु

कास्की – मंगलबार रातिदेखिको परेकाे अविरल बर्षाको कारण गएको पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।  छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको हाे ।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको घरमा विहान २ः१५ बजे गएको पहिरोले कोठामा सुतेकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको छ । ७० वर्षीया हजुरआमा लालमाया बन्जारालाई सकुशल उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए ।
यसैगरी आज विहान ३ः०० बजेको समयमा पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किदा सुनारका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ ।
घटनामा घाइते भएकी २७ वर्षीय रितु सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उहाँका नौ वर्षीय छोरी अञ्जलीलाई सकुशल उद्धार गरिएको थियो । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.