स्याङजामा आँधी खोलाले बगाउँदा एक युवकको मृत्यु

स्याङ्जा- स्याङ्जामा आँधिखोलाले बगाउदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं.-१४ पुतलीखेत बस्ने बर्ष ३५ का सुर्य भण्डारी रहेका छन् ।

गएरातिदेखि परेको अबिरल वर्षासँगै उर्लियको आँधिखोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सकृयतामा दिउँसो २:३० बजे शव फेला परेको थियो ।

घटनावारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रवहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.