गोरखा जिल्ला पूर्ण खोप शुनिश्चितता घोषणा

गोरखा- गोरखा जिल्ला पूर्ण खोप सुनिचिश्तता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति, गोरखाको आयोजनमा गरिएको पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न गरिएको हो ।

वुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालाय सचिव विनोद विन्दु शर्माले जिल्लालाई पूर्ण खोप शुनिश्चितता घोषणा गर्नुभयो ।

पूर्ण खोप सुनिश्तिता तथा दीगोपना घोषणा गर्नका लागि ११ वटा पालिकामा गरिएको घर धुरि सर्बेक्षण गरिएको थियो । ०–१५ महिनाका ३ हजार ३ सय २७ र १६ देखि ५९ महिना सम्मको १० हजार २ सय ५५ जना बच्चा घरधुरी सर्वेक्षणको क्रममा बालवालिका भेटिएका थिए ।

१६ देखि ५९ महिना सम्मका १० हजार २ सय २९ बालबालिकाहरुले पुर्ण खोप लगाएको पाईएको र ० देखि १५ महिना भित्रका ३ हजार ३ सय २७ बालबालिकाहरुले नियमित रुपमा खोप सेवा लिईरहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

छुटेको र कुनै पनि खोप नलाएको बालबालिकाहरुलाई वैशाख र जेष्ठ महिनाको नियमित खोपमा खोप पुरा गरेको प्रतिवेदन पेश गरिएको थियो ।

कार्यक्रममा समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका मोहन बहादुर थापा, समन्वय समितिका उपप्रमुख उपप्रमुख लिला परियार, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.