मकै गोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिम- रुकुम पश्चिममा आज बिहान करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका -८, घोरखानीकी ६७ वर्षीया झुपा देवी रोकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलका अनुसार मकै गोड्ने क्रममा करेन्ट लागेर रोकाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका ६० वर्षीया सुकी ओली, ६० वर्षीया शुसिला ओली र ३२ वर्षीया जमुना बुढा ओली रहेका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्लेमा ल्याइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.