त्रिविको साख जोगाउन स्ववियुका पूर्व पदाधिकारीहरुको पहल

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको पूर्व पदाधिकारी र सदस्यहरुले  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा रजिष्टारसँग भेट गरी विश्वविद्यालयको स्यायत्तता र साखलाई जोगाउन विभिन्न सुझावहरु दिएका छन ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बराल र रजिष्टार प्रा. डा. केदार रिजालसँग भेट गरी स्ववियुका पूर्व पदाधिकारीहरुले त्रिभुवन विश्वविद्यालयमा  शैक्षिक सुधारका उपाय र समस्या  समाधानबारे छलफल गरेका हुन ।
त्रिवि पूर्व पदाधिकारीहरुका संयोजक चाउऐनलाई श्रेष्ठ तथा सदस्यहरु युवराज खाती,  भिम श्रिष र अन्जान लामा सहितको टोलीले त्रिविको उच्च नेतृत्वसँगको भेटमा उच्च शिक्षा विधेयक तथा परीक्षा प्रणालीका बारेमा पनि छलफल गरेका थिए ।
यसैगरी, पदाधिकारीहरुले त्रिवि छापाखानाको सुधारका लागि पनि प्रस्तावहरु पेश गरेका छन ।
साथै उनीहरुले त्रिवि सेवा आयोगको कार्यविधि र स्वत्रन्त विद्यार्थी युनियनका गतिविधिका बारेमा पनि त्रिवि नेतृत्वको ध्यानाकर्षण गराएको संयोजक श्रेष्ठले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
अब नियमित रुपमा विश्वविद्यालयको शैक्षिक गुणस्तर तथा विश्वविद्यालयको समग्र साखलाई बढाउन कार्यक्रमहरु गर्ने योजना रहेको पनि संयोजक श्रेष्ठले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.