तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

काठमाडौँ- टिआरसीलगायतका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका नेताहरु वीचको बैठक प्रधान मन्त्री निवास बालुवाटारमा बसेको छ ।

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैठकमा दलका शिर्ष नेताहरुसहित अन्य नेताहरु पनि सहभागी रहनु भएको प्रधान मन्त्री कार्यालयले जनाएको छ।

बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता कृष्ण सिटौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

त्यसैगरी बैठकमा पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारीसमेत सहभागी रहनु भएको प्रधान मन्त्री कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.