गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

गुल्मी- गुल्मीमा बिहिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परेर ट्याक्टरमा सवार मालिका गाउँपालिका वडानम्बर-२ दर्लिङ् बस्ने टिकाराम वि.क.को छोरा अन्दाजी ६ वर्षको शिव वि.क मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।

छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर–४ रायढुङ्गा स्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक धुर्कोट गाउँपालिका वडानम्बर-५ बस्तु बस्ने २६ वर्षका दिपक गोतामेको टाउको अनुहार भागमा चोट रहेको र अवस्था गम्भीर रहेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-९ उपल्लो तम्घास बस्ने १९ वर्षका राज कुमार वि.क.घाइते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पाल्पा रिफर भएको डिएसपी पोखरेलले बताउनुभयो । दुर्घटनाको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.