सङ्घीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा

काठमाडौं- सरकारले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको छ ।

सरकारले अहिलेसम्म १२ वटा सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न गरेको छ ।

सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै १२ वटा कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरावलोकनका क्रममा सङ्घीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ ।

अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग र कार्यालयका गरी १२ वटा कार्यालयको ओएनएम सम्पन्न भएकोमा कुल दरबन्दीमा ९४२ वटा प्राविधिक पदका दरबन्दी थप गरी दुई हजार ७८८ वटा अनावश्यक कर्मचारीको दरबन्दी घटाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.