दाङको राजपुर गाउँपालिकामा एक जना मात्रै उत्तिर्ण, ७ वटा विद्यालयको नतिजा शुन्य

दाङ- दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा सहभागी २ सय २५ विद्यार्थीमध्ये एक जना मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये २ सय २४ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

परीक्षामा ८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । जसमध्ये ७ वटा विद्यालयको नतिजा शुन्य आएको छ । साधारण नमुना माध्यमिक विद्यालय गङ्दीबाट एक जना मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् ।

यस वर्षको एसइईमा राजपुरबाट निराशाजनक नतिजा आएको छ । जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर माध्यमिक विद्यालय खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट ९ जना, बाल कल्याण माध्यमिक विद्यालय खंग्रानाकाबाट १० जना, माध्यमिक विद्यालय सिक्टाबाट ३० जना, गौरीशङ्कर माध्यमिक विद्यालय भैंसाहीनाकाबाट ९ जना, शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाबाट ६ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।

तर, कुनैपनि विद्यार्थी उत्तिर्ण हुन सकेनन् । साधारण माध्यमिक विद्यालय गङ्दीबाट ८५ जना विद्यार्थी सहभागी भएको मध्य एक जना मात्रै उत्तिर्णय भएका छन् । यस गाउँपालिकाले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरेपनि यसपालीको नतिजा निरासाजनक आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.