पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु , एक जना बेपत्ता

गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताउनुभयो । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उहाँको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । घटनास्थलमा उद्धारका लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटनास्थलमा पुगेका छन् ।

गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो । पहिरोले पुरेको बारे जानकारी आज बिहान मात्रै प्राप्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.