पहिरो अपडेटः एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी- गुल्मी पहिरोमा पुरिएर पाँच जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर-६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताउनुभयो ।

पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।

घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो ।

उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटना स्थलमा पुगेका छन् ।

पहिरोमा थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राम कुमार केसीको कमाण्डमा १५ जनाको टोली र रामवाण गुल्म तम्घास गुल्मीबाट उप.सेनानि मिन बहादुर शाहिको कमाण्डमा २२ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.