गुल्मी र स्याङजामा पहिरोमा परी ७ जनाको मृत्यु

काठमाडौँ- गुल्मी र स्याङ्गजा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा रहेको भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताउनुभयो ।

पहिरोमा पुरिएर ५५ बर्षिय भेष बहादुर कामी, उनकी श्रीमती ४८ बर्षिय सुन्तली कामी, बुहारी २६ वर्षिय सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिकर र, ८ महिनाकी बिपना बिकको मृत्यु भएको प्रक़हरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।
घर माथिबाट ढुङ्गा ,माटो सहितको पहिरोले भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो ।
उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेको छ ।

त्यसै गरी स्याङजाको फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल बर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो ।आमा छोरीको घटना स्थमलै मृत्यु भएको प्रहहरीले जनाएको छ ।।

यस्तै यता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका प्रहरीले जनाएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा हिजोदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.