उत्तरी गाजामा भिडन्त जारी, हजारौं विस्थापित

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित भएका छन ।

संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन् ।

हमास र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन् ।

इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।

‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ ।

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ ।

इजरायलले उत्तरमा हमास लडाकूको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाईंको पुनरुत्थान भएको हो ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको ‘तीव्र चरण’ करिब नौ महिनापछि अन्त्य हुन लागेको बताउनुभएको थियो ।

गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ । यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।

लडाकूले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.