नेपाली काँग्रेसको पदाधिकारी बैठक भोलि बस्ने

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।

भोलि दिउँसो देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बस्ने पार्टीका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका भ्रातृ संगठनको निर्वाचन एवं विभागहरुको गठनका विषयमा छलफल हुने विश्वकर्माले बताउनुभयो ।

हिजो मात्र नेपाली काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटले राजनीतिक चर्चा पाइरहँदा नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.